मोबाइल हरायो वा चोरी भयो ? तुरुन्त यी ९ स्टेप पछ्याउनुहोस् | mobile lost reporting and steps

मोबाइल हरायो वा चोरी भयो ? तुरुन्त यी ९ स्टेप पछ्याउनुहोस् 

के तपाईंको मोबाइल हरायो कि चोरी भयो ? घबराउनु पर्दै। सही समयमा सही कदम चाल्नु नै यस्तो अवस्थामा सबैभन्दा ठूलो सुरक्षा हो। नेपालमा हराएको मोबाइल फेला पार्न र दुरुपयोग रोक्न नेपाल दूरसञ्चार प्राधिकरण (NTA) को MDMS प्रणाली उत्तम माध्यम हो। तर एउटा कुरा विशेष ध्यान दिनुहोस् : तपाईंको मोबाइल पहिले नै MDMS मा दर्ता भएको हुनुपर्छ।


तल दिइएको सजिलो ९-चरणीय प्रक्रिया पढ्नुहोस् र आफ्नो गुमेको मोबाइल रिपोर्ट गर्नुहोस्।


१. कम्प्युटर, ल्यापटप वा अर्को मोबाइलबाट Google खोल्नुहोस्

तपाईंको हराएको मोबाइलमा त पहुँच छैन, त्यसैले अर्को डिभाइस (साथीको फोन, घरको ल्यापटप, साइबर क्याफेको कम्प्युटर) प्रयोग गर्नुहोस्। सबैभन्दा पहिले Google मा जानुहोस्।

२. www.nta.gov.np टाइप गरी सर्च गर्नुहोस्

Google को सर्च बारमा माथिको वेबसाइट टाइप गरी सर्च गर्नुहोस्। यो नेपाल दूरसञ्चार प्राधिकरणको आधिकारिक वेबसाइट हो। सावधानी : नक्कली साइटहरूबाट जोगिनुहोस्।

३. NTA को साइट खुल्ने छ

साइट खुलेपछि केहीबेर अल्मलिनु पर्दैन। होम पेजमा विभिन्न सेवाहरू देखिन्छन्।

४. “IMEI / Mobile Track Registration” मा क्लिक गर्नुहोस्

यो विकल्प प्रायः मुख्य पेजको बीचमा वा ‘सेवा’ सेक्सनमा हुन्छ। यहाँ क्लिक गर्नासाथ मोबाइल ट्र्याकिङको औपचारिक फर्म खुल्छ।

५. फर्ममा मोबाइलको विवरण भर्नुहोस्

अब एउटा फर्म आउँछ, जहाँ तलका कुरा सही-सही भर्नुहोस् :

  • IMEI नम्बर : तपाईंको मोबाइलको १५ अंकको अद्वितीय नम्बर। यो मोबाइलको प्याकिङ बक्समा वा बिलमा हुन्छ। नभए पुरानो बिल वा गुगल ड्यासबोर्डमा हेर्नुहोस्।

  • हराएको मोबाइल नम्बर

  • मोबाइलको ब्रान्ड र मोडल (जस्तै : Samsung Galaxy M31, Redmi Note 10)

  • Lost / Stolen : चोरी भएको हो वा हराएको हो ? उपयुक्त विकल्प छान्नुहोस्।

  • हराएको मिति र स्थान (जति सक्दो सही)

  • Nationality : Nepal नै राख्नुहोस्।

त्यसपछि “Validate IME and Continue” मा क्लिक गर्नुहोस्।

६. OTP प्रमाणीकरण गर्नुहोस्

अब तपाईंको जीमेल (Gmail) ठेगाना टाइप गर्नुहोस् र Request OTP मा क्लिक गर्नुहोस्। केही सेकेण्डमा तपाईंको जीमेलको Inbox मा OTP कोड आउँछ। त्यो कोड मागेको ठाउँमा राखेर फेरि “Validate IME and Continue” मा क्लिक गर्नुहोस्।

७. व्यक्तिगत विवरण र कागजात पेश गर्नुहोस्

अब तपाईंलाई आवेदनकर्ताको विवरण सोधिन्छ :

  • पूरा नाम

  • सम्पर्क नम्बर

  • ठेगाना

  • नागरिकता वा राहदानी नम्बर

  • नागरिकता वा राहदानीको फोटो (फाइल साइज १५० KB भन्दा कम हुनुपर्छ)

फोटो अपलोड गरेपछि Next मा क्लिक गर्नुहोस्।

८. रिपोर्ट चेक गरी Submit गर्नुहोस्

सबै विवरण एकपटक राम्ररी चेक गर्नुहोस्। ठीक छ भने Submit Form मा क्लिक गर्नुहोस्। त्यसपछि “Lost / Stolen Registration Successful Ok” भन्ने सन्देश देखिन्छ। यसको अर्थ तपाईंको उजुरी प्रणालीमा दर्ता भयो।

९. जीमेल चेक गरिरहनुहोस् र प्रहरीमा सम्पर्क राख्नुहोस्

अब नियमित रुपमा आफूले दिएको जीमेल चेक गरिरहनुहोस्। यदि तपाईंको हराएको मोबाइलमा अर्को कोहीले फरक नम्बर प्रयोग गरेको पाइएमा, NTA ले त्यही जीमेलमा पत्र पठाउँछ। पत्र आएपछि आफ्नो नजिकको प्रहरी कार्यालय मा सम्पर्क राख्नुहोस्। प्रहरीले त्यसपछि आवश्यक कारबाही गर्छ।


Post a Comment

أحدث أقدم